नेकपा पार्टी एकतामा गम्भीर संकट,समाधानकालागी अधिकतम प्रयास जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी एकतामा गम्भीर संकट पैदा भएको भन्दै समाधानका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटि बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने निष्कर्ष निकालेको जानकारी दिएकाछन । श्रेष्ठका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएपनि मन्त्रिपरिषद् बसेर संसद् अधिवेशन अन्त्य भएको नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेकाथिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएकोे प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास पुगेकाथिए । राष्ट्रपतिको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो । नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *