नेकपा परित्याग गरि तीन दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेकपा बैतेश्वर गाउपालिका दोलखाका तीन दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बैतेश्वर गाउपालिका काठमाडौं सम्पर्कसमितिद्धारा काठमाडौंमा आयोजिक कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरु प्रवेश भएका हुन् । नव प्रवेशीहरुमा नेकपा बैतेश्वरका नेताहरु कार्यकर्ताहरु महेश बस्नेत, सरिल दाहाल, सलिम दाहाल, विकास कुमार दाहाल, रामचन्द्र दाहाल लगाएत रहेका छन् । उनीहरुलाइ नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार, सांसद जिपछिरिङ लामा, जिल्ला सभापति रुद्रबहादुर खड्का, नेता बर्मा लामा, प्रदेश ‘क’ दोलखाका सभापति छवि लामाले खादा लगाएर सदस्यता प्रदान गरेका थिए । कार्यक्रममको अवसरमा बैतेश्वर गाउँपालिकाका कांग्रेसका पुराना नेताहरु निल प्रसाद उप्रेती, देवराज शर्मा, इश्वरी बहादुर भुजेल, पर्शुराम उप्रेती र दुर्गा प्रसाद उप्रेतीलाइ सम्मान पत्रका साथ सम्मान गरेका छन् ।
सम्पर्क समिति विस्तार
कांग्रेस बैतेश्वर गाउँपालिका काठमाडौं सम्पर्क समिति विस्तार गरेको छ । लेखराज घिमिरेको अध्यक्षमा २९ सदस्य कार्यसमिति विस्तार भएको हो । जसमा उपसभापतिमा शुकराम तामाङ, जय अधिकारी, सचिवमा हरि बस्नेत, सहसचिवमा राजु थापा, कोषाध्यक्षमा प्रमिला शाह र सदस्यहरुमा पुस्कर तामाङ, हेमा उप्रेती, गौतम तामाङ लगाएत रहेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *