नेकपाले डाक्यो सचिवालय बैठक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा शनिबार बैठक बोलाउने सहमति भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ।प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन्।

बिहीबार सरकारले अमेरिकाको लागि डा युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।पाटिभित्रै पनी प्रधानमन्त्रीले पुन एकलौटि निर्णयहरु गर्दै नियुत्ति गरेको भन्दै विवाद देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *