नेकपाको एकतालाई कमजोर पार्ने नियोजित षडयन्त्र भैरहेको मुख्यमन्त्री शंकर पोखरेलको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश नंवर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको एकतालाई कमजोर पार्ने नियोजित षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

आइतबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा क्षेत्र न १ रुपन्देही अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता समेत रहनुभएका उहाले नेपालको बलियो कम्युनिष्ट शक्ति नेकपालाई अझैपनि कमजोर पार्ने नियोजित षडयन्त्र भइरहेको बताएका हुन् । उहाले सरकारको राम्रा कामबाट अत्तालिएर नै प्रतिगामीहरु सरकारबिरुद्ध लागेको टिप्पणी गर्नुभयो ।

नेकपाको सरकारले बर्षौ देखी वर्चस्व जमाएर बसेकाहरुमाथि नियमन गर्नुपर्र्छ भन्दा उनीहरु नै सरकार बिरुद्ध लागेर भ्रम फैलाउने काम गरेको उहाको भनाई छ । मुख्यमन्त्री पोखरेलले मुलुकको बिकास र समृद्धिका लागी वर्तमान नेकपाको सरकारले ठूला ठूला आयोजना निर्माणको कामलाई पनि अघि बढाएको जानकारी दिनुभयो ।

उहाले नेकपा जनताको पार्टी भएको भन्दै जनताको समस्या बुझ्न गाँउगाँउमा जान कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *