नुवाकोट र गोरखामा पुर्ननिर्माणका लागि भारतसरकारद्वारा थप एक अर्ब प्रदान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतसरकारले नुवाकोट र गोरखामा भूकम्पमा भत्कीएका आवास पुर्ननिर्माणका लागि नेपाललाई मंगलबार थप एक अर्ब रुपैयाँ प्रदान गरेको छ।

पाँच वर्षअघि आएको महाभुकम्पमा परी ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धताअनुसार सो सहयोग प्रदान गरेको हो।भारतीय अनुदानस्वरूप गरिएको एक अर्ब नेपाली रुपैयाँको सो चेक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मंगलबार हस्तान्तरण गरेका छन्।

सो अवसरमा आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउनेबारे सकारात्मक छलफल भएको राजदूत क्वात्राले बताएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *