निषेधाज्ञा उल्लंघनगरी होम डेलिभरीगर्ने कर्मचारी तथा सञ्चालकसहित ८० जना छुटे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निषेधाज्ञा उल्लंघन गरि सामान डेलिभरी गर्ने ८० जनालाई प्रहरीले छोडेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ गरेका होम डेलिभरी कर्मचारी तथा सञ्चालकहरूलाई कागज गराएर छोडेको हो।

निषेधाज्ञाको उल्लंघन गरेको भन्दै पक्राउ परेका ८० जना कर्मचारी तथा सञ्चालकलाई परिसरले बिहीबार राति नै छोडेको हो।उनीहरूलाई निषेधाज्ञा अवधिभर होम डेलिभरी नगर्ने सर्तमा कागज गरी छोडिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले औषधि पसल, किराना पसल बाहेक अन्य पसलहरू खोल्न तथा अनावश्यक हिँडडुल गर्न निषेध गरेको छ। निषेधाज्ञाको अवधिमा रेस्टुरेन्ट, होटल लगायत पनि खोल्न प्रतिबन्ध लगाएको छ।

अतिआवश्यक बाहेक अन्य सेवाहरू खोल्न नपाइने भनिएको छ। सवा नौं बजे पछि हिँडडुल नै गर्न पाइन्न, एसएसपी ज्ञवालीले भने,केही सामाग्री पुर्‍याउन परेमा पनि सवा नौं बजे सम्ममात्रै हो। तर दिनभरी त्यसरी पुर्‍याउन थालेपछि समातेका हौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रामक रोग ऐन, २०२० र स्थानिय प्रशासन ऐन २०२८को दफा ६९३० बमोजिम निषेधाज्ञा लगाएको छ।

निषेधाज्ञाको उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने एसएसपी ज्ञवालीले बताए।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *