निषेधाज्ञाको समयमा निजि रेष्टुरेन्टहरुले गरे निशुल्क खाना वितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाको दोश्रो लहर र यसको रोकथाम तथा नियन्त्रको लागी स्थननिय सरकारले लगाएको निषेधाज्ञाको कारण गरीब निमुखा अहसाय, दैनिक ज्यलागरी काम गर्नेहरुलाई भोकै पेट बस्नु पर्ने बाध्यतामा छन् । यो संकटका बेला वीरगञ्जमा विभिन्न संघ संस्था लागयत निषेधाज्ञाको समयमा बन्दरहेको समयमा केही निजि रेष्टुरेन्टहरुले निशुल्क खाना वितरण गर्ने अभियानमा जुटेका छन ।

वीरगञ्ज एउटा औद्योगीक नगर मात्र नभई स्वास्थ्य उपचारको लागी केन्द्र विन्दु बन्दै गएको छ । यही कारणले यस क्षेत्रमा दैनिक ज्यालादारी जिविका चलाउनेहरुको संख्या पनि धेरै छ । तर निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने परीवारका लागी खाना वितरण गर्दै अएका रेल्वे कटेजका संचालक रवि गुप्ताले बताए । भारतबाट नेपाल भित्रीका नेपाली कामदारहरु निषेधाज्ञाका कारण अलपत्र परेका व्यक्ती तथा अस्पतालका विरामीका कुरुवाहरुलाई निशुल्क खाना वितरण गरेको उनले बताएका छन ।

निशुल्क खाना खुवाउने भभियानमा लागेका रेल्वे कटेज , हन्ड्रेड ग्रूप, साहिब दरबार सेवा संस्था, सानो पाईलाहरुले निशुल्क खाना वितरणमा शुरु गरिएको हुन । विरगंज महानगरपालिकाले पहिलो चरणमा रेलवे कटेजलाई ७५० किलो चामल, २ बोरा दाल, ६० लिटर खाने तेल, सानो पाईलालाई २८ बोरा चामल, ३५ किलो दाल, २८ लिटर खाने तेल उपलब्ध गराएको छ । त्यसैगरि हन्ड्रेड ग्रूपलाई निशुल्क खाना वितरण गरीरहेका संघसंस्थाहरुलाई सहयोग गरेको नगर प्रमुख विजय सारवगीले बताएका छन ।

दैनिक रुपमा किनेर घरबार चलाउन पर्ने विपन्न परिवारलाई लक्षित गरेर निशुल्क खाना वितरण अभियान शुरु गरेको अझ प्रभावकारी स्वस्थ्य संगठनको मापडण्ड अनुसार वितरण हुनपए अझ प्रभावकारी हुनसकनेमा विज्ञयहरुले बताएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *