निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । अहिले जिल्ला अदालत काठमाडौंमा आदेश लेख्ने काम भैरहेको बताइएको छ । महराका पक्षमा हिजो र आज ३२ जना वकिलले बहस गरेका थिए ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा चार जना सरकारी वकिलले बहस गरेका थिए । बहस सकिएपछि अदालतले आदेश सुनाउने तयारी गरिरहेको छ । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे अदालतले आदेश गर्नेछ । महरा विरुद्ध जबर्जस्ती करणी सम्बन्धी अभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्द गत बिहिबार जबरजस्ती करणी प्रयासमा साढे ७ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा गत असोज १९ गते काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । दुई दिन हिरासतमा रहेका उनी उपचारका नाममा सो पछि थापाथलिस्थित नर्भिक अस्पतालको क्याविनमा बस्दै आएका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *