निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले गर्नपाउने खर्चको सीमा निर्धारण गर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ, उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजार रुपैयाँ, वडा अध्यक्षका लागि २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख रुपैयाँ र गाउँपालिका अध्यक्षरउपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।

त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन प्रचारप्रसारको समय पाएका छन्। भोलि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ताको कार्यक्रममा तोकिएको छ। आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *