निर्माण व्यवसायीले प्रधानमन्त्री निवासमा दिए धर्ना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निर्माण व्यवसायीहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

महासंघले आन्दोलनको निरन्तरता स्वरुप सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा धर्ना दिएको जनाएको छ । सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण व्यवसायीहरु आक्रोसित बनेका हुन् । सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमा उल्लेख भएका केही सर्तहरु मान्य नभएकाले पुनः शंसोधनका माग गर्दै धर्ना दिइएको महासंघले जनाएको छ ।

म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका बुँदाहरु संशोधनको माग गर्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । ठेकदारको लापरबाहीका कारण सडक निमार्ण हुन नसकेको भन्दै जनस्तरमा निर्माण व्यवासायीप्रति तीव्र आक्रोश छ । व्यवसायीले सोमबारदेखि हरेक दिन बिहान साढे नौदेखि दश बजेसम्म बालुवाटारमा धर्ना दिने र हरेक हप्ता धर्नाको समय एक घण्टा बढाउँदै लाने बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *