निदान अस्पताल मिर्गौला तस्करी काण्ड: सिइओ र डाक्टरसहित ५ जना जेल चलान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ र डाक्टर सहित ५ जना जेल चलान भएका छन्।

उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप छ।

ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ विपेन्द्र प्रधान, चिकित्सक डा राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको एसपी गोविन्द थपलियाले जानकारी दिए।

प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो।

मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा-३ का शंकर लामा योञ्जन हुन्।

शंकर लामा योञ्जनको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि उनकै भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको भन्दै गत असार २० गते दोरम्बा गाउँपालिकाबाट मामा-भान्जाको नाता प्रमाणित गरिएको थियो। तर, फोटो उप्काएर काभ्रेका ३६ वर्षीय मनोज लामा ९नाम परिवर्तन०को फोटो टाँस गरेर उनकै मिर्गौला झिकेर शंकरको शरीरमा प्रत्यारोपण गरिएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *