निजी विद्यालयमा पढ्ने दुई बालिकालाई वलात्कार गर्ने शिक्षक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । झापाको मेचीनगरका टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए । कसैलाई भने ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *