निजीकरण भएपछि रुग्ण रुग्ण भएका उद्योगहरुको अध्ययन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको जानकारी दिएका छन् ।

आफु मन्त्रालयमा आए देखि अहिले सम्मको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताए ।

त्यस्तै सरकारी स्तरबाट सञ्चालित उद्योगहरु पनि किन प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन भन्ने सम्बन्धमा अध्ययन सुरु गरिसकेको मन्त्री भट्टले जानकारी दिए । मन्त्री भट्टले विशेष आर्थिक क्षेत्रको विकास र विशेषगरी औद्योगिकरणलाई कसरी सन्तुलित ढंगले अगाडि लैजाने भन्ने विषयमा समेत जोड दिने नीति लिइएको स्पस्ट पारे ।

मन्त्री भट्टले नेपालमा लगानी आकर्षित गर्ने विषयमा आफु लागे पनि कोभिड नाइन्टिनका कारण लगानी प्रभावित भएको बताए । उनले आर्थिक वर्ष २०७६÷०७७ मा ३८ अर्ब ८७ करोड बराबरको वैदेशिक लगानी आएको जानकारी समेत दिए । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३ प्रतिशतले वैदेशिक लगानीमा कमि आई १ अर्ब ३९ करोड रुपैयाँमा सिमित भएको बताए ।

हालसम्म ३६ हजार २ सय ५० नयाँ लघु उद्यम संस्था विकास भएको र ५ हजार २ सय ७० लघु उद्यम संस्थाहरु स्तरोन्नती भएको मन्त्रालयको तथ्यांक छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *