निजामती सेवामा कर्मचारीको संख्या कटौति गर्ने तयारी

सरकारले निजामती सेवामा कर्मचारीको संख्या कटौति गर्ने तयारी गरेको छ । सोमवार राजधानीको आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौति गर्न लागिएको बताए । उनले लगानी अनुसारको प्रतिफल नपाएका कारण निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गर्दै निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनु स्वभाविक भएको बताए ।।
(Visited 1 times, 1 visits today)