नारायणी र राप्ती नदीले कटान गरेपछि पुप्पकमल दाहाल चितवनपुगे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार नारायणी र राप्ती नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेकाछन् ।

निरीक्षणका क्रममा अध्यक्ष प्रचण्डले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाइ एक वर्षभित्र सुरक्षित बनाउने गरी काम अगाडि बढेको बताए । प्रधानमन्त्रीसँगको छलफलको समयतालिका भए पनि आफ्नो क्षेत्रमा प्रभावित ठाउँको निरीक्षणका लागि आएको उनले बताए । उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।

विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *