नायिका केकी अधिकारी सहितको गाडी दुर्घटना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटनामा परेको छ। आइतबार काठमाडौंबाट सामाजिक गीतको छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कार्पियो रौतहटको कटहरियामा दुर्घटनामा परेको हो।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो। तिब्र गतिमा रहेको गाडी बाटोबाट करिब ६ फिट तल खसेको बताइएको छ।

उक्त गाडीमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत सवार थिए। उनीहरु मध्ये केहि समान्य घाइते भएका छन्। दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकारहरुले बताएका छन् ।

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन्। सामाजिक सचेतना जगाउने गीत घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *