नायक अनमोल केसी विरुद्ध पाँच लाख ठगिको उजुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं–प्रहरीले नेपाली फिल्मका नायक अनमोल केसीलाई ठगी प्रकरणमा खोजीरहेको छ। एक हप्ता भयो तर उनी प्रहरीले बलाउदा पनी प्रहरी कार्यालय गएका छैनन्। केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच लाख ठगीको उजुरी परेको छ हो।

प्रहरी प्रारम्भमा उनलाई कार्यालयमा बोलाएर छलफल गराउने मुडमा देखिएको छ। उनी नआए उजुरी प्रकृया अनुसार अगाडि बढाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उजुरीकर्ता हुन् जयन श्रेष्ठ र रुपेन्द्र खड्गी। धुरौपे फिल्मका निर्माता रहेका उनीहरुले अनमोल केसीले फिल्म खेल्छु भनेर पाँच लाख एड्भान्स लिएको तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको भन्दै परिसरमा उजुरी दिएका हुन्।

दुबै फिल्म निर्माताका अनुसार उनले असोज ३ मा ४० लाख पारिश्रमिकमा फिल्ममा अभिनय गर्ने भन्दै एड्भान्स वापत पाँच लाख रुपैंया लिएका थिए। सहमती गरेर पारिश्रमिकको एड्भान्स समेत लिइसकेपछि निर्माण टिमले अनमोलले धुपौरे फिल्म खेल्ने भनेर घोषणा समेत गरे। फिल्म साम्तेन भुटियाले निर्देशन गर्दै थिए। तर एकाएक अनमोलले फिल्म नखेल्ने समाचार बाहिरिएको थियो।

निर्माण टोलीले उजुरीमा गरेको दावी अनुसार अनमोलले आफूले पाँच लाख लिएको र अन्य प्राविधिकहरुलाई समेत अग्रिम पैसा दिन लगाउँदा ३० लाख बढी खर्च भएको तर पछि फिल्म नखेल्ने भनेकाले क्षतीपूर्तीसमेत माग गरिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *