नागरिकता विधेयकविरुद्ध सिरहामा सिके राउतको भैंसी जुलुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल सरकारले ल्याएको नागरिकता विधेयकको विरोध प्रदेश २को सबै जिल्लाहरुमा देखिएको छ । यसैक्रममा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नागरीकता विधेकको विरोध गरेको छ त्योपनी भिन्न तरीकाले । उत्तपार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुरमा विधेयकविरुद्ध भैंसीको जुलुसमा निकालेका छन्।

दर्जनौं भैंसीको जीउमा नागरिकता विधेयक खारेज गर केपी ओली मुर्दावाद महिलालाई हेप्न पाइँदैन जस्ता नारा समेत लेखेर प्रदर्शन गरेकाछन्। विधेयक मधेसविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले जानकारी दिएकाहुन।

ओली सरकारलाई भैंसी सरकारको संज्ञा दिँदै विधेयक खारेज नगरे मधेसभर कडा आन्दोलन गरिने उनीहरुले चेतावनीसमेत दिएकाछन्। नेकपाको निर्णयपश्चात् सरकारले ल्याएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ। सो प्रावधान मधेसविरोधी रहेको भन्दै जनमत पार्टी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले विरोध गर्दै आएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *