नाइट क्लब प्रकरण : विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध, ५० हजार जरिवाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली राष्ट्रिय फुटबल टिमबाट बर्खस्तगीमा परेका चार जना फुटबलरलाई अखिल नेपाल फुटबल संघ एन्फाकाे अनुशासन समितिले निलम्बन गर्ने निर्णय गरेको सेताेपाटिले लेखेकाे छ ।

समितिले फरवार्ड विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिनाको निलम्बन गर्ने निर्णय गरेको हो। मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ भने ४५ दिन निलम्बनमा परेका छन्।

चारै जनालाई ५०-५० हजार रुपैयाँ जरिबाान गर्ने पनि निर्णय गरेको छ। कारबाही आजैदेखि लागु हुने एन्फाले जनाएको छ। कारबाहीको अवधिमा एन्फाले मान्यता दिएको कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन पाइने छैन।

कारबाहीसँगै विमल र दिनेशले ए डिभिजन लिगका सबै खेल गुमाउने भएका छन् भने अन्जन र सन्तोषले सुरुवाती खेल गुमाउन सक्नेछन्। समितिले गत १६ नोभेम्बरदेखि नाइट क्लबमा गइ मदिरा सेवन गरेको विषयमा चारै फुटबलरमाथि छानविन गरेको थियो।

चारै जनालाई एन्फाले कात्तिक अन्तिम साता राष्ट्रिय टिमबाट बर्खस्त गरेको थियो।
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलअघि चार फुटबलर नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो।

चारै जना कुवेतविरुद्धको खेलका लागि भुटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए। राति ठमेलका विभिन्न क्लबमा घुमेपछि अन्तिममा उनीहरु एलओडीमा पुगेका थिए।गत वर्ष पनि विमल लगायतका खेलाडीहरु नाइट क्लबमा गएका थिए। एसियाली खेलकुदअघि नियम तोडेका उनीहरुमाथि एन्फाले स्पष्टिकरण मात्र सोधेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *