नवलपरासीको प्रतापपुरस्थित उखुबारीमा महिलाको शव फेला

नवलपरासीको प्रतापपुरस्थित उखुबारीमा आइतबार विहान एक महिलाको शव फेला परेको छ । प्रतापपुर गाउँपालिका सातस्थित जनाथपुर स्थित उखुबारीमा स्थानीय सोभा कोइरी मृत अवस्थामा फेला परेकी हुन । कात्तिक दश गतेदेखि बेपत्ता करिव २१ बर्षिय कोइरीको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरवाट साइकल लिएर निस्केकी कोइरी मृत अवस्थामा फेला परेपछि परिवारले थप अनुसन्धानको माग गरेको छ । प्रहरीले पोष्टमार्टमपछि मात्रै थप विवरण खुल्ने जनाएको छ ।
(Visited 1 times, 1 visits today)