नवलपरासीको कावासोतीमा गैडाले मान्छे मार्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गैँडाको आक्रमणमा परी नवलपरासीको कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक जना सख्त घाइते भएका छन्। आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सामुदायिक वनमा स्थानीयवासीले फेला पारेका हुन । स्थानीयवासी तामाङ वनभित्र दाउरा र खर काट्न गएका बखत गैंडाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङपनि गैडाको आक्रमणवाट घाइते भएकी छिन । उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भैरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *