नवरात्रको नवौँ दिन महानवमीमा सवारीसाधनको विशेष पूजा गरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नवरात्रको नवौँ दिन महानवमीको अवसरमा आइतबार सवारीसाधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलिसहित पूजाआजा गरिएको छ ।

बडा दसैको नवौ दिन अर्थात नवमीमा शक्तिपीठ तथा घरघरमा आफ्ना सवारीसाधान पूजाआजा गर्ने प्रचलन रहेको छ । आफ्ना घरमा सवारी साधन लगायत हातहतियारको पूजा गर्ने गरिन्छ । सवारीसाधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । पशुबलि नचढाउनेले भने कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् । आफ्नो मनोकाँक्षा पुरा हुने जनविश्वासले पशु बलिको मार हान्ने परम्परा रहेको छ । यस्तै कलपूर्जा, हातहतियारको पनि पूजा गरिएको छ । बडा दसैको नवौँ दिन देशैभरका शक्तिपीठहरुमा देवी सिद्धिदातृको पूजा गर्ने गरिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *