नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले लीए पद तथा गोपनीयताको शपथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका हुन् । संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ को उपदफा (१) को व्यवस्था अनुसार अध्यक्ष तिमिल्सिनाले संविधानको धारा ८६ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्यलाई राष्ट्रियसभाका अध्यक्षले सपथ गराउने व्यवस्था छ । गत ९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका दुई जना उम्मेद्‌वार निर्वाचित भएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *