नवनियुक्त महानिरीक्षकका चुनौतीहरु कम छैनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दज्र्यानी चिन्ह लगाइदिएका छन् ।

बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । दज्र्यानी चिन्ह ग्रहण कार्यक्रममा नवनियुक्त महानिरीक्षक ज्ञवालीले मुलुकको संविधानको दायराभित्र रहेर आफुले देश र जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै गृहसचिव न्यौपानेले मुलुकको शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नका लागि सुरक्षा निकाय चनाखो रहनुपर्ने बताए ।

कार्यक्रममा अन्य विशिष्ठ व्यक्तिहरुले नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई शुभकामना दिएका थिए । ज्ञवालीले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *