नरेन्द्र मोदी सरकारले नेपालको सीमा भुमि मिचरेर राष्ट्रघाती काम गर्यो :शेरबहादुर देउवा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको सहभागिता बिना सवैधानिक परिषद मार्फत सरकारले ल्याउन लागेको अध्यायदेश लोकतन्त्र विरोधी भएकाले संसदबाट पास हुन नदिने बताएका छन् ।

नेपाल टे«ड युनियन कांग्रेसको राष्ट्रिय परिषदको समारोहलाई काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन । उनले सरकारले जबरजस्ती रुपमा ल्याएका कानुनहरु सफल हुन नसक्ने दाबी समेत गरे । उनले कम्युनिष्टको सरकार आएपछि सबै स्थानीयत तहको विस्तारै विस्तारै अधिकारहरु खोसिएको आरोप लगाएका थिए । कुनै पनि कम्युनिष्ट देशहरुमा हड्ताल गर्न नपाउने व्यवस्था भएको भन्दै नेपालमा पनि त्यस्तै अवस्था रहेको भन्दै लोकतन्त्रमा हड्ताल गर्न पाउने व्यवस्था रहेकोले सरकारका नकारात्मक कदम विरुद्ध निरन्तर रुपमा आन्दोलन गर्दै जार्न नेपाल टे«ड युनियनलाई निर्देशन समेत दिनुभयो ।

सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले नेपालको सीमा भुमि मिचरेर राष्ट्रघाती काम गरेको भन्दै भारत विरुद्ध सशक्त रुपमा आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए । बिहिबारबाट सुरु भएको नेपाल टे«ड युनियन कांग्रेसको राष्ट्रिय परिषदको समारोह शुक्रबार सम्म चल्ने छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *