नयावर्षकै दिन सल्यानको कुपिण्डे तालमा ७ जना सवार डुंगा डुब्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नयावर्षकादिन घुम्न गएकाहरु सवार डुंगा सल्यानको कुपिण्डे तालमा डुबेको छ । मध्यन्ह साढे १२ बजेतिर यात्रु बोकेर तालको बीच भागमा पुगेको काठको डुंगा तालको मध्ये भागमा पुगे लगतै डुबेको हो ।दुर्घटना बाट मानविय क्षेती भने भएको छैन ।

डुंगामा सवार सबै यात्रुले लाइफ ज्याकेट लगाएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । काठले बनेको पुरानो डुंगा भएकोले भित्र पानी पस्दा डुंगा डुबेको बताइएको छ ।

डुंगा डुबेपछि यात्रुहरु लाइफ ज्याकेटको कारण पानीमा डुब्नबाट जोगिएका थिए । चालकले लगाएत त्यहाँ भएका अन्य ढुंगाका मान्छेले यात्रुलाई तालको किनारमा ल्याएर सकुशल उद्धार गरेका थिए । वडा अध्यक्ष कुल बहादुर पुरीका अनुसार डुंगा तालको धेरै तल गहिराइमा पुगेकोले निकाल्ने अवस्थामा छैन् ।

नयावर्षमा रमाईलो गर्दै डुंगा हल्लिरहेकाले डुंगाभित्र पानी पस्दा एकछट्के भएर पल्टियो । यदि लाइफ ज्याकेट नलगाएको भए ठुलै दुर्घटना हुनेरहेछ उनीहरुपानीबाट उत्रिने सम्भावना रहने थिएन । लाइफ ज्याकेटले बचाँयो ।’

नयाँ वर्षको दिन भएकाले आज कुपिण्डे तालमा मान्छेहरुको अत्याधिक भीड रहेको थियो । तालमा मान्छेको धेरै भीड हुँदा समेत सुरक्षाकर्मी परिचालन गरिएको थिएन् । वडाध्यक्ष पुरीले भने, ‘आज कल्पनै नगरेको धेरै मान्छेहरु ताल अवलोकन गर्न आए, यति धेरै मान्छेहरु आउने थाहा भएको भए सुरक्षाकर्मी माग गरिन्थ्यो ।’अहिले बावियाचौरबाट प्रहरी पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए । दुर्घटनामा पर्नेमा २ जना दाङ घोराही र ५ जना सुर्खेतका रहेको बताइएको छ । उनिहरूको सकुशल उद्दार भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *