नयाँ वर्षको दिन कैलालीको कर्णाली पुलमा दशैहजार आन्तरिक पर्यटक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नया वर्षको अवशरपारेर कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानी पुलमा आन्तरीक पर्यटकको भीड लागेको छ । नयाँ वर्षको दिन चिसापानी घुम्न आउने पर्यटकको सख्या लगभग दशहजार बराबर रहेको स्थानीयले जानकारी दिएकाछन । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यले आन्तरीक पर्यटकहरुले चिसापानीको भ्रमण गरेका हुन् ।

लम्कीचुहा नगरपालिका–३ मा रहेको चिसापानी यो जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । नयाँ वर्षको दिन चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ रहेको थियो ।
वडा अध्यक्ष भक्तबहादुर चलाउनेले एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक चिसापानीमा पुगेको दावी गरेकाछन् । ‘बजार र पुल पर्यटकले भरिभराउ छ’, उनले भने। ‘पर्यटक बढेपछि सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ ।’

चिसापानीमा रहेको कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् । चिसापानीभन्दा थोरैमाथि रहेको पितमारीमा पिकनिक खानेको पनि भीडभाड रहेको जनाइएको छ ।

नयाँ वर्षको दिन बुटवल र भैरहवासम्मका आन्तरिक पर्यटक भ्रमण, अवलोकनका लागि चिसापानी पुग्ने गरेको वडा अध्यक्ष चलाउनेले बताए। ‘टाढाबाट आएका आन्तरिक पर्यटकलाई हामीले स्वागत र सम्मान पनि गरेका छौं’, उनले भने।

धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक अत्यधिक मात्रामा चिसापानीमा पुग्ने गरेका छन् । नयाँ वर्षको दिन आन्तरिक पर्यटकको चहलपहल भएपछि व्यापार, व्यवसाय पनि फष्टाएको जनाइएको छ । होटलहरु पर्यटकले भरि भराउ भएको छ ।

कोरोना महामारीका कारण पर्यटन व्यवसाय अझै फष्टाउन सकेको छैन । एकदिन भए पनि पर्यटक आएर कारोबार बढ्दा केही राहत महसुस भएको स्थानीय व्यवसायी हरुले बताएकाछन्।
टिकटकका कारण मान्छेले ज्यानसमेत गुमाउने गरेका घटनाहरुलाई मध्यनजर गरेर चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । केही दिन अगाडिमात्रै भ्रमणका लागि गएका तीन जना किशोरहरुले कर्णाली पुलबाट हाम फालेका थिए । दुई जनाको सकुशल उद्धार भए पनि एक किशोर अझै बेपत्ता छन् । त्यस्ता दुःखदायी घटना दोहोरिन नदिनका लागि सतर्कता बढाइएको वडा अध्यक्ष चलाउनेले बताए । यसैबीच, कर्णाली पुलमा कैलाली होटल व्यवसायी सङ्घले ७८ वटा नेपाली झण्डा राखेको छ ।

यसैगरी, नयाँ वर्षको दिन टीकापुर पार्क, घोडाघोडी ताल, कोइलही ताल र खाँनीडाँडामासमेत आन्तरिक पर्यटकहरुको घुइँचो लागेको थियो । पिकनिक मनाउन र घुम्नका लागि विभिन्न ठाउँका मानिस यी क्षेत्रमा पुगेका थिए । नयाँ वर्षको दिन बालबच्चालाई खानीडाँडाको भ्रमण गराएको धनगढीका सुनिता थारुले बताए ।

नयावर्षमा मन्दिरमा दर्शन गर्न जाने, नया स्थानको भ्रमण गर्ने ,पीकनिक खाने जस्ता गतिविधि विस्तारै गतीलीदै गएको देखिन थालेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *