नयाँ बाटोमा हिड्दा सर्वसाधारणलाई केहि असहज भयो : पुष्पकलम दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकार नयाँ बाटो हिँड्न थालेकाले सर्वसाधारणलाई अलि असजिलो भएको बताएका छन् । नेपालका प्रथम सहिद लखन थापाको १ सय ४३ औं स्मृति दिवसका अवसरमा गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सरकार नयाँ दिशाबाट हिँडिरहेकोले जनतालाई असहज महशुस भएको बताएका हुन् ।

संविधान अनुसार कानून निर्माण, कर्मचारी परिचालन र संरचना निर्माणमा जुटुनु परेकाले चाहेअनुसार गति भने लिन नसकेको अध्यक्ष दाहालको भनाइ थियो ।

लखन थापालाई सरकारले २ हजार ७२ साल असोज तीन गते प्रथम सहिद घोषणा गरेको हो । विक्रम सम्वत् १९ सय ३३ फागुन २ गते राणा शासनको बिरोध गरेको भन्दै लखन थापालाई झुण्ड्याएर हत्या गरिएको थियो ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *