नजानु विदेश, स्वदेशमै कमाउ मासिह ३० देखी ५० हजार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वदेशमा रोजगारी नभएको भन्दै बिदेशमा गईरहेको समयमा बागलुङका महिलाहरु ढाका कपडा निमार्ण गर्दै आएका छन । बागलुङका महिला ढाकाका कपडा उत्पादन तर्फ लागेका छन । बागलुङका झन्डै दुई दर्जन महिला आप्mनै लगानीमा उद्यमशील भई उत्पादन गर्न लागेका हुन । स्थानीयस्तरमा उत्पादित ढाकाका कपडाले बजारको माग पाएपछि यस क्षेत्रका महिला ढाका कपडाको उत्पादन तर्फ आकर्षित बनेका हुन् । कच्चा पदार्थ एवं धागो बिराटनगर,चितवन र काठमाडौबाट ल्याएर हाते तानबाट ढाकाका पछौरा, साडी, सट, कुर्था र सल लगायतका सामग्री उत्पादन गर्दै आएका छन् ।

अन्यत्रबाट आउने गरेका कपडा भन्दा स्थानीय महिलाले हातको तानबाट बनाएका कपडा राम्रो,टिकाउ र गुणस्तरीय हुने भएपछि माग समेत बढेको छ । स्थानीय महिला व्यवसायिक भई हाते तानबाट कपडा बुनेर राम्रो आम्दानी गरेका छन् । घरेलु तथा साना उद्योग शाखा कार्यालय र लघु उद्यम मार्फत तालिम पाएपछि व्यवसायिक बनेका छन् । यहाँका २५ जना महिलाले ढाकाका कपडा उत्पादन गरेर मासिक ३० देखि ५० हजार रुपैयाँसम्म वचत हुने गरेको स्थानिय महिला लक्ष्मी थापाले बताई ।
हातबाट निर्माण गरिएका ढाकाका कपडा टिकाउ हुने भएपछि उभपोक्ताले रुचाएका हुन् । उत्पादन गरेको सामान घरबाटै बिक्री हुने गरेको छ । सुरुमा ५० हजारको लगानीबाट व्यवसाय सुरु गरेका महिलाले अहिले झन्डै दुई लाख रुपैयाँ खर्च गरेर ६ देखि १० वटा तान राखेका छन् । आफुले सिकेको सिप अरु महिलालाई समेत सिकाउन प्रशिक्षण केन्द्र समेत सन्चालन आएको पदमकुमारी रोकाले बताई ।

जिवीकोपार्जनका लागि यस्ता कपडा उत्पादन गरि आत्मनिर्भर बनेका छन् । पुरुषको भरपर्दै आएका महिला अहिले आफै आत्मनिर्भर बनेका छन् । एउटा ढाकाको कपडा बुन्नका लागि चार दिन लाग्ने गरेको छ । यसरी बनाएका प्रति कपडा एक हजारदेखि एक हजार पाँच सय रुपैयॉसम्ममा बिक्री हुने गरेको छ । महिलाहरुले मासिक ७ वटा देखि १० वटा सम्म ढाका कपडा निमार्ण गर्ने गरेका छन । स्वदेशी उत्पादनका ढाका राम्रो र बलियो हुने गरेता पनि अहिले बिदेशबाट आयात भएका कपडाहरु सस्तो हुने गरेको कारण ढाकाले त्यति बजार भने पाउन भने सकेको छैन । सरकारले स्थानिय उत्पादनलाई बढवा दिने निति बनाएको भएपनि त्यो व्यवहारमा लागे हुन नसक्दा यस्ता उत्पादनहरु सहज रुपमा बजार पाउन भने सकेका छैनन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *