नगद ७ लाख ३० हजार र सुनका गहना सहित एक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतबाट चोरी गरी नेपालतर्फ आइरहेका एक युवकलाई सशस्त्रप्रहरी धनुषाले पक्राउ गरेको छ । भारतको जयनगरबाट नेपाल तर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैया सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा जिल्लाका ४८ वर्षिय अजय गुप्ता रहेको सशस्त्र प्रहरीबल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा वि.ओ.पी. डेवडिहाबाट खटेको सशस्त्र प्रहरी निरीक्षक रन्जित तिवारीको कमाण्डमा खटेको टोलीले विशेष सुराकीको आधारमा गुप्तालाई आफ्नो शरिरमा कपडाले बेरी ल्याउँदै गरेको गरगहना र रकम सहित पक्राउ गरेको छ ।
पक्राउ परेको गुप्तामाथि प्राारम्भीक अनुसन्धान भईरहेको र थप कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *