नक्क’ली नेपाली नागरिकता बनाउने गाविस सचिवको कस्तो मोह ? फेरि परे पक्रा,उ

नक्कली नेपाली नागरिकता बनाउने कसुरमा ५ महिना कैद सजाय पुरागरि छुटेका एक पूर्वगाविस सचिव पुन. नक्कली नागरिकता विक्री गर्ने आरोपमा पक्रा्उ परेका छन् । आईतबार दिउसो १ बजे विशेष सूचनाको आधारमा प्रहरीको अपराध अनुशनुसन्धान टोलीले छापामारीगरि पूर्वगाविस सचिव बिन्दा साहलाई नियंत्रणमा लिएको हो ।
बीरगन्ज महानगर १६ भिष्वा स्थित साहको घरमा छपामारीको गर्दा प्रहरीले नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फारम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर, जन्मदर्ता, विवाह दर्ता समेत बरामद गरेको छ। साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ ।
साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाउने गरेको प्रहरीलाई बयान दिएका छन । पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हुदा साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिनाको मुद्दा दर्ता गरेको थियो । अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका साह २ वर्ष अगाडि मात्र कैद सजाय भुक्तान गरेर छुटेका थिए ।