धौलागिरी अस्पताल बागलुङमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धौलागिरी अस्पताल बागलुङमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचारमा खटिएका २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालले बुधबारदेखि बहिरंग (ओपिडी) सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि थप स्वास्थ्यकर्मी र सर्वसाधारणमा कोरोना फैलिन नदिन र कन्ट्रयाक्ट ट्रेसिङमार्फत स्वाब संकलन गर्नका लागि अर्को सूचना जारी नभए सम्मका लागि ओपिडी सेवा बन्द गरिएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि.क. पोखरेलले जानकारी दिए।

प्रिआइसोलेसनमा दुई नर्स खटाइएकोमा एक जनामा सामान्य ज्वरो र रुघा देखिएकाले स्वाब संकलन गर्दा उनमा कोरोना देखिएको डा.पोखरेलले बताए । कोरोना संक्रमित नर्सलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । नर्सलाई कोरोना देखिएपछि उनि धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड सहित नियमित आइसोलेसनमा जाने चिकित्सक लगायत १५ जना स्वास्थ्यकर्मी र नर्सको सम्र्पकमा रहेका व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ ।

नियमित आइसोलेसनमा जाने चिकित्सक लगायतको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउने तयारी भैरहेको छ । धौलागिरी अस्पतालले नेपालको पाँचौ र छैठो संक्रमितदेखि हालसम्म २ सय बढीको उपचार गरेपनि उपचारमै खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थिएन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *