धौलागिरी अस्पतालका कामदारलाई कोरोना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धौलागिरी अस्पताल बागलुङको सी ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लकडाउन खुल्ला भएसँगै अस्पतालको सी ब्लक भवन निर्माणका लागि महोत्तरीबाट आएका एक युवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको निर्माण सम्बन्धि कामका लागि एकै गाउँबाट आएका १७ जनामध्ये पीसीआर परीक्षणका क्रममा एक युवकमा मात्र कोरोना संक्रमण देखिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

उनीहरु चार दिन अघि अस्पतालको कामका लागि आएर सबै एकै ठाउँमा बस्दै आएका छन्।कोरोना संकट र लकडाउनका कारण अस्पताल भवनको काम ठप्प भएकोमा लकडाउन खुल्ला भए सँगै काम शुरु गर्ने भएकाले आएका उनिहरुको पीसीआर परीक्षण गर्दा कोरोना देखिएकाले अस्पतालको आइसोलेसनमा राखिएको छ ।
अन्य १६ जनाको नेगेटिभ आएपनि संक्रमण हुने व्यक्ति सँग सँगै बसेको हुनाले अब क्वारेन्टाइनमा राखेर केही दिनपछि पुनः स्वाब परीक्षण गरिने सूचना अधिकारी गौतमले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *