धौलागिरि अस्पतालमा कोरोनाको उपचार गर्न स्वास्थ उपकरणको अभाव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहेको बागलुङ जिल्लामा कोरोनाको उपचार गर्ने आवश्यक पर्ने स्वास्थ उपकरणको अभाव भएको छ ।

गण्डकी प्रदेशको धौलागिरि अस्पताल बागलुङमा कोरोना भाइरस कोभिड १९ का बिरामीको उपचार गर्न आवश्यक पर्ने स्वास्थ्य उपकरण नहुदा उपचारमा समस्या भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको टेष्ट धेरै भन्दा धेरै ब्यक्तिको गर्नु भनेर निर्देशन दिएपनि अस्पतालमा कोरोना चेकजाँच गर्न आवश्यक पर्ने (¥यापिट टेष्ट गर्ने कीट र स्वाव परिक्षण गर्न चाहिने स्वास्थ सामाग्री अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ ।

अस्पतालमा यतिबेला कोरोना भाइरस छकि छैन भनेर टेष्ट गर्ने स्वास्थ्य सामग्री अभाव भएपछि पोखरा र काठमाडौं वाट माग गरि पठाएको मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिक पोखरेलले बताए ।

वैदेशिक रोजगारीको लागि बिदेशीएका हजारौं युवाहरू कोरोना भाइरस फैलिए संगै जिल्ला फर्किएपछि स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्नुका साथै उनीहरूको (¥यापिट टेष्ट समेत धमाधम गर्न थालिए पनी स्वास्थ्य सामाग्रि अभाव भएको हो ।

बागलुङमा २ जना कोरोनो सक्रमित रिपोट नेगेटिभ आयर घर फर्कियका थिए भने कोरोनाको आशंकामा १ जना अस्पतालको आईसोलेशनमा छन् ।

सरकारले फिल्डमा काम गर्ने पत्रकार तथा तथा स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गर्न निर्देशन दिएको भएपनी आवश्यक स्वास्थ्य सामाग्रि अभाव हुदा सेवा प्रभावीत भएको छ । फिल्डमा काम गर्ने पत्रकार कोरोनाको उच्च जोखिममा रहेकोले तत्काल परिक्षण हुनेपर्ने पत्रकार किरण आचार्यले वताए ।

कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका व्यक्तिको परीक्षण गर्ने निर्णय गरेपनी बागलुङमा आवश्यक स्वास्थ्य सामाग्रि अभाव हुदा जोखम वढेर गएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *