धौलागिरि अन्चल अस्पतालमा आइसोलेशन वार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङ जिल्ला बैदेशीक रोजगारीको लागि जाने जिल्ला मध्य अग्रपक्तिमा परेपनि अहिले बागलुङ जिल्लामा चीन बाट फैलिएको कोरोना भाइरसका बिरामी फेला परेको छैन ।दैनिकजसो सयौंको संङ्ख्यामा मान्छेहरू आइरहेको भए पनि अहिलेसम्म रोगको लक्षण भने देखिएको छैन ।

कोरोनालाई लक्षित गरी धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ ।

कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार गरिएको धौलागिरी अस्पतालका बालरोग बिशेषज्ञ डा मछिन्द्र लामिछानेले बताए । ‘आइसोलेसन वार्ड’मा दुई वटा वेड राखिएको छ । यसलाई आवश्यकता अनुसार थप गर्न पनि सकिने उनले बताए । अहिले जाडो मौसम भएको कारणले पनि अस्पतालमा उपचारको लागि आउने बिरामीको संङ्ख्या बढी रहेको डाक्टर लामिछानेले बताए ।अहिलेसम्म बागलुङ जिल्लामा कोरोनाको बिरामी देखानपरेको
अस्पतालमा सबै खालको तयारी भने रहेको लामिछानेले बताए ।अस्पतालमा रूघा खोकीको बिरामी भने उपचारको लागि आइरहेकाछन् ।

अन्चल अस्पतालमा कोरोनाका बिरामीको उपचारको लागि सरकारले भने बमोजिम आइसोलेसन वार्ड तयार गरेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए ।

कोरोनाको शंका लागेमा आइसुलेसन कक्षमा राखेर नमूना परिक्षणका लागि काठमाण्डौं पठाइनेछ । धौलागिरी अञ्चल अस्पतालका साथै नीजि अस्पतालहरुलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘आइसोलेसन वार्ड’को तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जिल्लाका सरोकारवालाको बैठकमा आग्रह गरेका छन् ।

अहिले सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु पनि कोरोनाको लक्षण भएको भन्दै परिक्षणका लागि आउने क्रम बढेको धौलागिरी अस्पतालले जनाएको छ । अहिले सदरमुकाममा रहेको अन्य ३ वटा अस्पतालले भने अहिलेसम्म आइसोलेसन वार्ड निर्माण गरेको छैन ।

सधैं जसो भिडभाड देखिने बागलुङ बजारमा कोरोनाको त्रास बढेसंगै चहलपहल समेत ह्वात्तै घटेर गएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *