धुलिखेल अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना पुष्टि भएका २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा–१३ घर भएका ४६ वर्षीय पुरुषको रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

काठमाडौं सिनामंगल घर भएका ७७ वर्षीय पुरुषको पनि धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । पेटको समस्याका कारण असोज ११ गते अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका ३ पुरुष र ४ महिला र जिल्लाबाहिरका २ पुरुष र २ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *