धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गरिरहेका बृद्धको ज्यान गएको छ । धुलिखेल नगरपालिका वडा नं ७ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचारत ९८ बर्षीय बृद्धको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतकको साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारकै क्रममा बृद्धको मंगलबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डानरेन्द्र झाले पुष्टि गरेकाहुन । बृद्धको परिवारमा छोरा र बुहारीमासमेत कोरोना संक्रमण देखिएको छ । छोरा बुहारी कोरोना संक्रमित भएपछि घरमै थप उपचार भईरहेको डा झले जानकारी दिएकाछन् । काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ ।

यसअघि पाँचखाल नगरपालिका वडा नं १ एक महिलाको कोरोना संक्रमण बाट काठमाडौंमा मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । केहि उपचारपछि घर फर्किसकेका छन् भने केहिको थप उपचार भईरहेका छ ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *