धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रौतहटको देबाही गोनाही नगरपालीका ५ टिकुलीयामा गएराति धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । टिकुलीयाका महेश तिवारी र उनकी श्रीमती जगरनिया देवी माथि छिमेकी सोनीयालाल मुखीया र उनका छोरा प्रदिप मुखीया मिलेर धारिलो हतियार प्रहार गरेका हुन् ।

टाउकोमा गम्भिर चोट लागेका दुबैलाई उपचारको लागि विरगञ्ज लगिएकामा श्रीमतिको मृत्य भएको प्रहरीले जनाएको छ । श्रीमानको अवस्था गम्भिर छ ।पुरानो रिसइबीका कारण छिमेकीले दम्पति माथि आक्रमणा गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *