धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंको टोखा नगरपालिका ५ धापासी बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या गरिएको छ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्‍गणमा नचिनेका मानिसहरूले उनीमाथि एक्कासी छुरा प्रहार गरेका थिए।छुरा प्रहारपछि गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक आशिषको घर गोरखा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। प्रवक्ता राठौरका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। अन्य दुई जना अझै फरार छन्।

उनीहरूबीच झडप भएको र छुरा घोप्नु पर्ने कारण खुलिसकेको छैन। अनुसन्धानको विषय छ,प्रवक्ता राठौरले बताए।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *