धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन संचालनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन बनाएपछि आजदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन । पाँच दिनअघि आएको बाढीपहिरोले पुल नजिकैको पाँच सय मिटर सडक बगाएपछि पृथ्वी राजमार्गमा यातायात अबरुद्ध थियो । पुल तल्काल सञ्चालनमा नआउने देखिएपछि विकल्पमा ग्याबिन र ढुंगा माटो भरेर साना सवारी साधन र मोटरसाइकल पास गराइएको प्रहरीले जनाएको छ ।

पूर्ण रुपमा पुल मर्मत गरि सक्न अझै केही दिन लाग्ने बताइएको छ । यसैविच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलल धादिङका बाढी प्रभावित विभिन्न ठाउँहरुको स्थलगत अवलोकन गरेका छन । सो क्रममा उनले बस्ती जोखिममा परेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पनि जनप्रतिनिधिलाई निर्देशन दिएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *