•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धादिङ जिल्लामा निषेधाज्ञाको समय एक साता थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई भदौ १६ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।बैठकले जिल्लाका विभिन्न निकायमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्था गर्ने समेत निर्णय गरेको प्रजिअ पाण्डेले जानकारी दिएकाछन् ।

त्यसैगरि धादिङको त्रिपुरासुन्दरीस्थित स्थानीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र उनका परिवार पनि कोरोना संक्रमित भएका छन् । उक्त अस्पतालमा कार्यरत २६ वर्षीय हेस्थ असिष्टेन्टसहित ३ जना र हेल्थअसिस्टेन्टका परिवारका २ जनालाई कोरोना पुष्टि भइसकेको गाउँपालिका अध्यक्ष शम्भु थापाले बताए ।

अघिल्लो हप्ता वडा नं ४ सल्यानकोटका बिरामी वृद्धलाई थप उपचारका लागि काठमाडौं लैजाँदा कोरोना संक्रमण देखेपछि अस्पतालमा कार्यरत स्वास्थकर्मी र उनका परिवारसहित १२ जनालाई क्वारेटाइनमा राखेर पीसीआर परीक्षण गराइएको थियो । सो क्रममा हेल्थ असिन्टेन्टसहित ३ जना स्वास्थ्यकर्मी र हेल्थ असिस्टेन्टकी ५६ वर्षीया आमा र उनकै १ वर्षीया छोरीमा कोरोना पुष्टि भएको हो । यो सँगै धादिङमा संक्रमितको संख्या १ सय ८३ पुगेको छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *