धादिङमा बाढि पहिरोको रौद्ररुप हेर्नुस (भिडियोमा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर परेको अबिरल वर्षापछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग बगाउदा यातायात नै अबरुद्ध हुनपुगेको छ ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार मंगलबार पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । बाढिपहिरोले घर, गाडी, टिपर, डोजर खेलौना जस्तै बगाएको छ ।मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा देखिएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने जानकारी दिएकाछन् ।सडक अवरुद्ध भएपछि राजधानी काठमाण्डु जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

धादिङमा बाढि पहिरोको रौद्ररुप,पेजमा लाईक गर्न नभुल्नु होला

धादिङमा बाढि पहिरोको रौद्ररुप,पेजमा लाईक गर्न नभुल्नु होला

Publiée par Our news crew sur Mardi 21 juillet 2020

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *