धादिङको रुवीभ्यालीमा पर्यटकको मृत्यु, शव काठमाडौं ल्याईयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङको रुवीभ्यालीमा मृत्यु भएका अस्ट्रियाका पर्यटक विलियमको शव काठमाडौं ल्याइएको छ । अल्टिच्युड एयरको हेलिकप्टरमार्फत उनको शव काठमाडौं ल्याईएको धादिङका प्रंहरी प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।

दिउँसो १ बजे धादिङ सदरमुकाम धादिङवेशी पुगेको हेलिकप्टरले प्रहरी प्रमुख एसपी राजकुमार वैदवारसहितको टोली लिएर घटनास्थल रुवीभ्यालीतर्फ पुगेको थियो । प्रहरी टोलीले घटनास्थलमा मुचुल्का तयारी गरी शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याएको डीएसपी खड्काले जानकारी दिएका छन ।पदयात्राका लागि काठमाडौंको हाई कन्ट्री ट्रेकिङबाट आएका विलियम शनिबार बेलुका साढे ७ बजे मृत्यु भएको थियो । खबर थाहा पाएपछि विहानै प्रहरी चौकी सेर्तुङबाट प्रंहरी घटनास्थलतर्फ खटिएको थियो । तर प्रहरी चौकीबाट घटनास्थल पुग्न ९ – १० घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्यटकको मृत्युको कारण भने खुलेको छैन । लडेर मृत्यु भएको भनिए पनि अनुसन्धान भइरहेको प्रहरीको बताएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *