धनुषामा शक्तिशाली बम विस्फोट प्रहरी निरीक्ष्क सहित तीनजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा गएराति बम बिस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन् ।

दुई जनाको घटनास्थलमै र प्रहरी निरीक्षकको धरानमा उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा प्रहरी जवान रिजन महतो, मृतकका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । घटनामा अन्य २ जना सामान्य घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार राति घरको शौचालय नजिकै राखिएको बम बिस्फोट भएको हो । बम हो होइन भन्ने जाँच गर्न प्रहरी पुगे लगत्तै बिस्फोट हुँदा प्रहरी समेत घटनामा घाइते भएका हुन । राजेश्वर साह ऋण लगानी गर्ने साहु भएकाले कसैले हत्या गर्ने उद्देश्यले उनको घरमा बम राखेको अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *