धनुषामा टिपरले किचेर युवकको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनुषामा टिपरले किचेर एक युवकको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा टिपरले किचेर मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीप भनिने ओम प्रकाश महतोको हत्या भएको हो ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा मोर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। टिपर भने प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *