धनुषाको आइसोलेशन सेन्टरमा चिकित्सकको काम स्वीपरले गर्दै (भिडियाे सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रदेश २ सरकारले धनुषा जिल्लाको गंगुलीमा संचालन गरेको आइसोलेशन सेन्टरमा चिकित्सकको काम स्वीपरले गर्ने गरेको भिडियो सार्वजनिक भएको छ ।

सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ । सो आइशोलेसनमा विमारीको रुपमा पुगेका पत्रकार राकेश साहले राखेको सो दृश्य आफैमा सर्वाधिक अर्थ लाग्दो छ । नाम नबताएपनि आफू स्वीपरको जिम्मेवारीमा रहेको बताउने पिपिई लगाएका व्यक्ति थर्मलगन सहित विरामीहरुको उपचारमा आएको धाक लगाए । मोबाईलको क्यामेरा तेर्साउदै पत्रकार साहले तपाई डाक्टर हो र सोध्दा होइन मलाई डाक्टर साहेवले पठाउनु भएको छ उनले जवाफ फर्काए

अनि पत्रकारले समान्य मान्छेको शरिरको तापक्रम कति हुन्छ थाहा छ तपाईलाई रु अर्को प्रश्न गर्दा जिल्ल परेका व्यक्ति आफु स्वीपर रहेको र डाक्टर साहेवको आदेशमा एकजना बृद्व विरामीको तापक्रम नाप्न आएको बताइ रहेका छन् ।दृश्य आफैमा अर्थ पुर्ण र हाँसो लाग्दो छ । पत्रकारको प्रश्न पछि पोल खोलिएको सो प्रसंग पछि संक्रमित सवैजना हाँसी रहेका छन् । आइशोलेसनमा रहेका ललियाका एकजना बृद्वको अवस्था बुझन आफु डाक्टर साहेवलाई अर्हाएर आएको तिनले वताए ।यस्तो अवस्था उपचार हुने भनिएको आइशोलेसनको छ । नर्श र अहेव सम्म त ठिकै छ स्वास्थ्य समाग्री लिएर मेस्तर नै उपचारमा पुगेपछि संक्रमितको हालत के होला रु सोनो कुरोमा संघिय सरकारलाई गाली गर्ने मुख्यमन्त्री लालबाबु राउत र उनको सरकारलाई यस्ता समस्याको सरोकार नरहेको देखिएको छ ।

डराएर घरपरिवारलाई छाडि त्यो जेलमा पुगेकाहरुको पिडा कस्ले बुझने रु उपचार त पर को कुरा संक्रमित विरामीका लागि चाहिने खानपिन समेत पाउन हम्मे छ त्याहाँ । इसोलोलेसनमा फोहोर त्यतिकै देखिन्छ ।यसैबीच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइसोलेशनका इन्चार्य डा.जमुन सिंहलाई घटना बारे २४ घण्टे स्पष्टीकरण सोधेका छन । उनले डयूटीमा रहेका स्वास्थ्यकर्मीलाई कारवाही गर्न निर्देशन समेत दिएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *