द्रूतमार्ग रहर होईन आवश्यक्ता : उपप्रधानमन्त्रि पोखरेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

द्रूतमार्गको काम समय मैं सम्पन्न हुँने उपप्रधान एवम्ं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । बाराको निजगढ नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा मन्त्री पोखरेलले उक्त कुरा बताएका हुँन् ।

फास्ट ट्रयाकमा पर्ने पुल र टनेलका लागि ग्लोबल टेण्डर आव्हान पश्चात द्रूतमार्गको प्रगति देखिने पुल र टनेलका लागि ग्लोबल टेण्डरको प्रक्रियामा रहेकाले टेण्डर पक्रिया पश्चात काम शुरु हुँने बताउँदै मन्त्री पोख्रेलले अब ठूला काम भनेको टनेल र पुल नैं भएको बताए ।

द्रूतमार्ग र दोश्रो अन्तराष्ट्रिय विमानस्थल एक आपसमा सम्बन्ध राख्ने हुँनाले विमानस्थल पनि बाराको निजगढमा नै बन्ने विश्वास व्यक्त गरे । प्राविधिक ढंङ्गबाट निजगढको विकल्प नदेखिएको हुँदा दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमा नंै बन्ने भन्दै मन्त्री पोखरेलले सर्वोच्चको कारण काम नरोकिने बताए ।

उनले दू्रतमार्ग र विमानस्थलका कुराहरु प्रक्रियाबाट नैं छिनोफानो गर्नु पर्ने बताउँदै कानून सम्बत ढंङ्गबाट नैं छिनोफानो हुँनु पर्ने बताए । एयरपोर्ट र बाटोे बन्ने कुरा राष्ट्रिय आवश्यक्ता भएको बताउँदै मन्त्री भट्टराईले सो अवश्यक्ता पुरा गर्न जे गर्नु पर्छ त्यो काम गर्न हाम्रो सरकार प्रतिवद्ध रहेको उनले बिस्वास दिलाए ।

अन्तराष्ट्रिय विमानस्थल कुनै लहर र रहरमा बनाउँन खोजेको नभई आवश्यक्ताले बनाउँन खोजेको भन्दै मन्त्री पोखरेलले दू्रतमार्ग जति अपरिहार्य छ , बन्छ भने यसैसँग गाँसिएको कारणले समेत निजगढ विमानस्थल बन्छ त्यसमा तपाईहरु ढुक्क रहनुस् भन्दै मन्त्रि पोखरेलले आश्वस्त पारे ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर लिलादेबी खनालले स्वागत गरेकी थिईन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *