दोलखामा शुक्रबार राति १२ बजेदेखि लकडाउन,यस्तो छ अवस्था

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दोलखा शुक्रबार राति १२ बजेदेखि लकडाउन गरिएसँगै जनजीवन ठप्प भएको छ । जिल्लामा बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा जारी एक सूचनामा भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको उल्लेख छ ।

लकडाउन भएसँगै जिल्लामा अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।
अत्यावश्यक वस्तु विक्री गर्ने पसलहरु खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजे सम्म खुल्ला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए
त्यसैगरि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरु बन्द हुनेछ । जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक साथै जिल्लाभरका बजार पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ ।कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए ।

शुक्रबार गौरिशंकर गाउँपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलरबार कोरोना पुष्टि भएका २ जनाको सम्पर्कमा गएका ८३ जनाको स्वाव परिक्षणका क्रममा आज शुक्रबार ४ पुरुष सहित एक महिलामा कोरोना पुष्टि भएको हो।

४ दिनको अवधिमा दोलखामा ८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै लकडाउन घोषणा गरिएको हो । अहिले सम्म जिल्लाको गौरीशंकर गाउँपलिका ७ जना र कालिन्चोक गाउँपालिकाको १ जनालाइ कोरोना पोजिटिभ देखिएको छ।बिहिबार कालिञ्चोक गाउँपालिकामा भारतबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार कोरोना पुष्टि हुनेहरुमा बैंकका कर्मचारी एकजना, एम्बुलेन्स चालक, पालिकाका कर्मचारी र एक जना स्थानीय ब्यवसायी रहेका छन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *