दोलखाको भीमेश्वर नगरपालीका २ स्थित त्रिपुरासुन्दरी मन्दिरमा चोरीको प्रयास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुप्रशिद्व दोलखाको भीमेश्वर नगरपालिका २, स्थित त्रिपुरासुन्दरी मन्दिरमा गय राती चोरीको प्रयास भएको छ ।भुकम्पले भत्किएको त्रिपुरासुन्दरी देवीकोटको मन्दिरको विभित्र गहनालगायतका सामग्री राखिएको अस्थायी मन्दिरमा राखिएको सेफ चोरीको प्रयास भएको हो ।

अस्थायी मन्दिरभित्र राखिएको मन्दिर बाहिर ल्याएर बन्चरोले तोडेर चोरीको प्रयास गरिएको पाईएको भीमेश्वर नगरपालिका २ का वडाध्यक्ष विराज श्रेष्ठले जानकारी दिए ।

शुक्रबार विहान मुलढोका, झ्याल तोडिएको र गहनालगायत राखिएको सेफ बाहिर भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए । यसअघि करिब ३० बर्ष अघि सोही मन्दिरको मूर्तिहरू चोरी भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *