दैलेख नारायण नगरपालिकामा २ कराेड १० लाखका भैंसी अनुदानमा बितरण हुँदैं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भुपेन्द्र शाही -दैलेख,असार २२ गते- दैलेखकाे नारायण नगरपालिकाले २ कराेड अनुदानमा किसानहरुलाई भैंसी बितरण शुरु गरेकाे छ ।

पशु अस्पताल तथा पशु सेवाकार्यालय दैलेखकाे १ कराेड, कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाकाे साम्सद पुर्वाधार विकास काेषबाट ४० लाख , नारायण नगरपालिका बाट ४० लाख र राष्ट्र सेबक बहुउद्देश्यीय सहकारी संस्था दैलेख बाट ३०लाख गरि जम्मा २ कराेड रुपैयाँ मा १ सय १० वटा भैंसी खरिद गरि बितरण गर्न लागिएकाे नारायण नगरपालिका का एक वडा अध्यक्ष ले जानकारी दिएका छन् ।

राष्ट्र सेबक बहुउद्देश्यीय सहकरी संस्था दैलेख लाई भैंसी खरिद गर्ने जिम्मा दिईएकाे हाे । भैंसी खरिद गर्न टेण्डर गरि कृर्षि सहकारिहरु लाई जिम्मा दिनु पर्नेमा नेकपा निकट कर्मचारी हरुकाे सहकारि राष्ट्र सेबक बहुउद्देश्यीय सहकारि संस्थालाई जिम्मा दिईएकाे हाे ।

कर्मचारी हरुकाे सहकारिलाई खरिदगर्न दिन नमिल्ने हाे तर पहुंचका अधारमा कर्मचारी हरुकाे सहकारिले भैंसी खरिदगरेकाे हाे ।हाल सम्म नारायण नगरपालिकाकाका किसानहरुलाई हालसम्म जम्मा ६४ वटा भैंसी बितरण गरिएकाे छ ।

एउटा भैसिकाे मूल्य १ लाख दशहजार सम्म परेकाे र १ सय 20 वटा भैंसी खरिद गरिने जानकारि नगरपालिकाले दिएकाे छ । भैंसी भारत बाट नेपागंज ल्याई नेपागंज बाट खरिद गिरद गरियकाे राष्टसेवक बहुउद्देश्यीय सहकारि संस्थाका अध्यक्ष खमबहादुर थापाले जानकारि दिएका छन ।

नगरपालिका काे ११ वटा वडा मध्य वडा नंबर ८ मा भने किसानहरुलेभैंसी नपाउने भएका छन् । नारायण नगरप्रमुख रत्न बहादुर हखड्काले भने ८ नम्बर वडा अध्यक्ष दलबहादुर खत्रीलाई किसानहरुकाे नामावली संकलन गरेर दिनुस भनेकाे हाे , साे समय उहाँ उपचारकाे क्रममा बाहिर जानू भएकाेले वडामा कार्यबाहक अध्यक्ष भुपाल थापा बाट किसानकाे नामावलि अाएकाे थियाे , पछि नामावलि अध्यक्ष खत्रिलाई नै हेरफेर गर्न दिएकाे हाे ।

तर ८ नंम्बर वडामा नामावलि संकलन्कै क्रममा बिवाद अाएपछि बितरण हुन सकेन । संचार माध्याममा अाए जस्तै मैले १३ जना फलानाे पार्टिका र ७ जना फलानाे पार्टिकालाई देउ भनेकाे हाेईन ।

८ नम्बर वडाका किसानहरु अाफ्नाे वडा माभैंसी बितरण नहुने भएपछि अाक्राेसित भएका छन्। यता नगरपालिका ले भने बितण प्रकृयामै बिबाद भए पछि ८ नम्बर वडामा भैंसी बितरण हुन सकेन र साे वडाकाे लागि छुटयाएकाे बजेट फ्रिज भएकाे जनायकाे छ । तर अर्काे बर्ष उक्त वडामा भैंसी बितरण गरिने छ ।

भैंसीकाे गाेठ सुधारका लागि भैंसी पाउने किसानहरुबाट दस, दशहजार रुपैयाँ उठाईएकाे हाे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *